कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
दुवै जना एमालेबाट २ कार्यकाल निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष हुन्। रास्वपा नेता रासिद मिर्जाले एमालेबाट निर्वाचित दुवै जना जनप्रतिनिधि रास्वपामा प्रवेश गरेको बताए।
उपाध्यक्ष चौधरी एमालेको विभिन्न पदमा रही काम गर्दै आएकी थिइन। यस्तै वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका मुसलमान एमालेमा रहेर काम गदै आएका थिए।
रास्वपाले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार लक्षित गर्दै गाउँपालिकामा क्यान्डिड्ट क्लब खुलाएको छ । आगामी निर्वाचनमा उम्मेदवार बन्न तीन दिन अगाडि मात्रै सदस्यता लिएका थिए।
नेता रासिदले विजयनगर गाउँपालिका तथा कृष्णनगर तथा शिवराज नगरपालिकामा समेत धेरै जना प्रतिनिधि रास्वपामा प्रवेश गर्ने तयारी गरेको दाबी गरे।
प्रकाशित: ८ भाद्र २०८३ १७:४६ सोमबार



-600x400.jpg)

