७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बाघ र गैँडा गणना पुसदेखि हुने

आगामी पुसमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने भएको छ।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना छ। गत वर्ष दाताले सहयोग नगर्दा रोकिएको गैँडा गणना यस वर्ष हुने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट छुट्याएको छ।

हरेक चार वर्षमा बाघ गणना हुन्छ। विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुनमा बाघ गणना हुने छ। गैँडा गणना चैतमा हुने छ, जसमा तीन साता लाग्छ। निर्वाचनले गैँडा गणना अन्योलमा छ।

गैँडा चितवन, पर्सा, शुक्लाफाँटा र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना हुने छ। बाघ गणनाका लागि १८ लाख र गैँडा गणनाका लागि पनि १८ लाख छुट्याइएको छ। बाघ गणनामा एक करोड ५० लाख र गैँडा गणनामा दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ। बाँकी रकम दाताबाट मागिने छ।

सन् २०२२ को बाघ गणनामा नेपालमा ३३५ बाघ थिए। चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणनामा स्वचालित क्यामेराले फोटो खिच्छ। बाघको पाटाको आधारमा सङ्ख्या छुट्याइन्छ। हरेक बाघको पाटा फरक हुन्छ।

गैँडा गणना हात्तीमा चढेर प्रत्यक्ष अवलोकन गरिन्छ। यस पटक नयाँ विधि प्रयोगबारे छलफल भएको छ। सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए।

सन् २०२१ को गैँडा गणनामा ७५२ गैँडा थिए। सन् १९६० मा गैँडा सयको हाराहारीमा थिए। सन् २०२१ मा चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १८ गैँडा थिए। रासस

प्रकाशित: ११ कार्तिक २०८२ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App