७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

आजको स्वतन्त्रता नै हिजोको प्रजातन्त्र हो : सभापति थापा

नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनकै कारण नेपाली नागरिकले आज स्वतन्त्र र भयमुक्त वातावरणमा बोल्न र बाँच्न पाएको बताएका छन्।  

७६ औं प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश दिदै उनले सात सालको लडाइँ प्रजातन्त्र र स्वतन्त्रताका लागि भएको बताए। उनले २००७ सालको आन्दोलनले स्थापित गरेका मूल्य र आदर्शहरू आज पनि उत्तिकै सान्दर्भिक र जीवित रहेको बताएका छन्। 

उनले वर्तमान समयमा देखिएका चुनौतीहरूको सामना गर्न सात सालको  प्रेरणा र दृढता आवश्यक रहेको  भन्दै लोकतान्त्रिक मूल्यहरूको संरक्षण र सुदृढीकरणमा सबै एक हुनुपर्ने बताएका छन्।  

प्रकाशित: ७ फाल्गुन २०८२ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App