दक्षिण कोरियामा कार्यरत खोटाङे युवाहरूको संस्था ‘खोटाङ सेवा समाज दक्षिण कोरिया’ को अध्यक्षमा टियास राई चयन भएका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा खोटाङका विभिन्न स्थानीय तहबाट दक्षिण कोरियालाई कर्मथलो बनाइरहेका युवाहरूको साझा संगठनको रूपमा स्थापित समाजको २०औं अधिवेशनबाट राई अध्यक्ष चयन भएका हुन्। समाज १५ सदस्यीय रहेको छ।
प्रबास भूमिमा रहेका खोटाङवासीलाई कुनै पनि समस्या पर्दा सहयोग र सहजीकरण गर्ने उद्देश्यले समाज गठन गरिएको हो।
समाजमा आबद्ध युवाहरूले यसअघि पनि दक्षिण कोरियामा कोही नेपालीजन या खोटाङेलाई अप्ठेरो परेको अवस्थामा रचनात्मक रूपमा आर्थिक सहयोग र सेवा गर्दै आएका थिए।
प्रकाशित: २१ आश्विन २०८२ ११:३१ मंगलबार





