४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

जलबिरे नजिकै तीन सवारीसाधन एकापसमा ठोक्किए, मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे नजिक तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनापछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सवारीसाधनको प्रकार, क्षतिको विवरण तथा मानवीय क्षतिबारे आधिकारिक जानकारी आउन बाँकी रहेको छ।

राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन लामबद्ध भएका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: ३ श्रावण २०८३ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App