१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

तीन जना सवार मोटरसाइकल दुर्घटना : एक भारतीय नागरिकको मृत्यु, दुई घाइते

नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन्।

सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारका क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिसकुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ बस्ने ३६ वर्षीय कमल रानाको उपचार भइ रहेको छ।

भारतीय नम्बर प्लेटको यूपी५७ बीपी ४१६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १७ श्रावण २०८३ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App