१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर घाइते

बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा  भ्यान चालक पाटन नगरपालिका-४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले बताए। उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ।  

प्रकाशित: १५ आश्विन २०८२ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App