त्रिशूली र भोटेकोशी सहितका नदीहरूमा आएको बाढीका कारण बेपत्ता ताप्लेजुङका पाँचमध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन्।
आठराई त्रिवेणी गाउँपालिका वडा नं १ का ३ जना शुक्रवार बिहान ३ बजे परिवारको सम्पर्कमा आएको आठराई त्रिवेणी गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन्। त्यहाँस्थित जलविद्युत आयोजनाहरूमा काम गर्न गएका निघुरादिनका पासाङतेञ्जी शेर्पा,ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा अहिलेसम्म परिवारको सम्पर्कमा आएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिइन्।
‘भाइहरू भागेर बाँच्न सफल हुनुभएछ’ गुरुङले भनिन्। ताप्लेजुङका ५ जिल्ला बेपत्तामध्ये अरू दुई जना भने अहिलेसम्म परिवारको सम्पर्क बाहिर रहनु भएको छ। नुवाकोटस्थित त्रिशूली-३ ‘बी’’जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा भीष्म चापागाईँ र फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका दुर्गा भट्टराई(दिवस)भने यो समाचार तयार पार्दासम्म परिवारको सम्पर्कमा नआएको परिवारजनले बताएका छन्।
प्रकाशित: १२ भाद्र २०८३ ०६:५७ शुक्रबार





