२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

इटहरीमा दुई सय रुपैयाँको सरफ विवादमा कुटपिट, तीन घाइते

इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सरफ विक्रीको पैसा नदिँदा सोमबार दिउँसो कुटपिट भएको छ। घटनामा तीन जना घाइते भएका छन्।

इटहरी–७ का दिलीप चौधरीले सरफ र फिनेल विक्री गर्ने क्रममा किन्ने व्यक्तिले पैसा नदिएपछि विवाद चर्केर कुटपिट भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन्।

कुटपिटबाट चौधरीसहित तीन जना घाइते भएका छन्। अन्य दुई जना घाइतेलाई तत्काल अस्पताल लगिएकाले नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सरफ किन्ने व्यक्तिको नाम पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन।

व्यस्त चोकमा घटना भएपछि आसपासका स्थानीय ठुलो संख्यामा भेला भएका थिए।

प्रकाशित: १३ आश्विन २०८२ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App