४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

चितवनमा कारको ठक्करबाट तीन घाइते

चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन्।

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

प्रहरीले कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २० आश्विन २०८२ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App