१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जाडो अत्याधिक बढेपछि त्रियुगाका विद्यालयहरुमा ३ दिन विदा

सदरमुकाम गाईघाटमा अत्याधिक बढेको जाडोले जनजीवन प्रभावित भएपछि त्रियुगा नगरपालिकाले विद्यालयको पठनपाठन रोकेको छ । त्रियुगा नगरपालिकाले मङ्गलबार साँझ एक सूचना जारी गर्दै पुस १६ देखि १८ गतेसमम ३ दिन विदा दिएको हो ।

‘जाडो अत्याधिक बढेर जनजीवनसमेत प्रभावत भएको देखिएकाले यस त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक, सँस्थागत तथा धार्मिक सबै विद्यालयहरु’ शिक्षा शाखा प्रमुख अधिकृत शिवकुमारी राउतद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ‘नगरप्रमुखस्तरीय निर्णयबाट पुस १६, १७ र १८ गते (३ दिन) विदा दिइएको छ ।’ यो दिइएको विदा बर्खे वा हिउदे विदासँग समायोजन गरिने जानकारी पनि सूचनामा दिइएको छ ।

गएको ३–४ दिनयता गाईघाटमा अत्याधिक चिसो बढेको छ भने हुस्से र तुवालोले छोपेर घाम देखिएको छैन । चिसो बढेपछि गाईघाटको तापक्रम १४ डिग्री सेल्सीयसभन्दा तल  झरेको छ । चिसो बढी, घाम नलाग्ने तथा शीत झर्दा जनजीवन प्रभावित भईरहेको छ ।

चिसो बढेसँगै गाईघाट बजारबासीहरु आगो बालेर ताप्न थालेका छन् । बजारका विभिन्न ठाउँ, चोक र गल्लीमा आगो बालेर सामुहिकरुमा तापिरहेका छन् । तर, यसवर्ष दाउराको अभाव भएकाले सबैले आगो ताप्न नपाएको गुनासो छ ।

विगत वर्षहरुमा डिभिजन वन कार्यालय गाईघाटले जाडो मौसममा आगो ताप्न दाउरा वितरण गर्ने गरेको थियो । यसवर्ष भने आपूर्तिका काठ अभाव भएको भन्दै दाउरा वितरण गर्न नपाइएको डिभिजनले जनाएको छ । वन अधिकृत जागेश्वर साहले विगत वर्षहरुमा पर्याप्त रुपमा दाउरा भएकाले जाडोमा ताप्न निःशूल्क बाँड्ने गरेको बताउँदै यसवर्ष दाउरा अभाव भएर वितरण गर्न नपाएको बताए ।

प्रकाशित: १५ पुस २०८२ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App