२५ माघ २०८२ आइतबार
image/svg+xml
समाज

बालेन्द्रको घरमा चोरी गर्ने तीन जना पक्राउ

राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीमा संलग्न मुख्य व्यक्ति जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए।

बालेनको घरबाट चोरेको वर्ल्डलिंकको एउटा राउटर र दुईवटा सीसीटीभी क्यामेर उनीहरूबाट प्रहरीले बरामद गरेको छ। उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको साहको डेरामा चोरी गरेका थिए।

पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।

प्रकाशित: २५ माघ २०८२ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App