काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार बुधबार राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा आएका उनीहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको सूचना पाएपछि प्रहरी वृत्त कालीमाटीबाट टोली खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८३ १४:३१ शुक्रबार


-600x400.jpg)


