खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङको एउटा बिहेमा भोज आएर बिरामी परेकाहरूको अवस्था अझै सामान्य भइसकेको छैन। तीन दिनअघि बिहे भोज खाएका बेहुला–बेहुलीसहित सबै जन्ती र घरगाउँले बिरामी परेकोमा अझै सामान्य भइनसकेको स्थानीयले बताएका छन्।
जन्तेढुङ्गा –६ का वडाध्यक्ष सागर राईका अनुसार दिप्लुङका किशोर राई र छिमेकी गाउँपालिका खोटेहाङ–६ कात्तिकेकी बेहुलीको बिहे भोज खाएको १२ देखि २४ घण्टापछि भकाभक बिरामी हुन थालेका थिए। एकैचोटी धेरैजना बिरामी भएपछि अस्पताल लान नसक्ने देखेर गाउँमैशिविर स्थापना गरी उपचार गराउन थालेको उनले बताए।
भोज खानेहरूलाई सुरुमा ज्वरो आउने, काँप्ने तथा केहीबेरपछि झाडापखाला लाग्ने भएको थियो। एकैचोटी धेरैजना एकैखालको बिरामीले सताउन थालेपछि दिप्लुङकै निगालावास भञ्ज्याङस्थित रामकुमार राईको घरमा शिविर राखेर उपचार गर्ने क्रम चलिरहेको वडाध्यक्ष राईले बताए। अहिलेसम्म १ सयभन्दा बढीको उपचार भइसकेको र ३ दर्जन हाराहारीको अझै उपचार भइरहेको उनको भनाई छ।
वडायक्ष राईका अनुसार बिहेमा झण्डै २ अढाई सय जना सहभागी थिए। बिरामी पर्नुको कारण खानेकुरामा ‘फुड पोइजन’ भएको आशंका गरिए पनि प्रमाणित हुन भने बाँकी छ। अहिलेलाई बिरामी निको पार्ने उदेश्यले स्वास्थ्यकर्मी टोली गाउँमै बोलाएर शिविरमार्फत उपचारमा व्यस्त रहनु परेकाले कारण पत्ता लगाउन बाँकी छ। गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले भोज खाएर घर फर्केका सबैजसो बिरामी परेकाले फुडपोईजन नै कारण हुनसक्ने अनुमान सबैको छ।
कारण पत्ता लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयल खोटाङले जाँच प्रक्रिया अघि बढँयससकेको निरौलाले बताएका छन्। उनका अनुसार आईतबार साँझसम्म सामान्य बिरामीलाई शिविरमै राखेर उपचार गराइँदैछ भने एकजना अलि जटिल बिरामीलाई गाउँपालिकाको आधारभूत अस्पताल ल्याएर उपचार थालिएको छ।
२१ गतेको बिहे भोज खाएका सबै २२ गते साँझदेखि बिरामी पर्न थालेका थिए। सुरुमा फाट्टफुट्ट बिरामी देखिएर नजिकको स्वास्थ्य चौकीमा उपचार गराउँदै गर्दा गाउँभरि बिरामी थपिएपछि गाउँपालिका स्वास्थ्य शाखाले द्रुत उद्धार टोली (आरआर) गठन गरिशिविर खडा गरेर उपचार थालेको हो।
घट्नाबारे जानकारी गराउँदै गाउँपालिकाले मद्धत मागेपछि स्वास्थ्य कार्यालय खोटाङले छुट्टै स्वास्थ्यकर्मी टोली खटाएर उपचारमा खटाइरहेको छ। जनशक्ति अभाव हुन नदिन उदयपुरबाट समेत चिकित्सक बोलाएर उपचारमा खटाइएको स्वास्थ्य कार्यालयलाई उभृत गर्दै सूचना अधिकारी निरौलाले बताए। उदयपुर स्वास्थ्य कार्यालयका लौकाजी राईसहितको टोली घट्नास्थल पुगेर खटिरहेको गाउँपालिकाले जनाएको छ।
बिहे भोजमा सामेल जन्तीदेखि घरगाउँले हुँदै टाढाटाढा उदयपुर, काठमाडौं र अन्य ठाउँस्म्मका आमन्त्रिक पाहुनाहरू प्नि बिरामी परेको खबर आएको गाउँपालिका अध्यक्ष अरुणादेवी राई (दिक्षा)ले बताएकी छिन्। तर, धेरैको अवस्था अहिले सामन्य भइसकेको जानकारी आएको उनले बताइन्।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बिवाह भोज खानेहरू फुडपोइजनकै कारण बिरामी परेको हुनसक्ने भए पनि प्रमाणित गर्न कठिन छ। भोज खाएको ४८ घण्टाभन्दा बढी बितिसकेकाले स्याम्पल सङ्कलन गर्नै नसक्ने अवस्था सृजना भएको पौडेलले बताए। भोज खाएका एकजना काठमाडौं पुगेको र उनी पनि बिरामी भएकाले जाँचका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको उनले बताएका छन्।
प्रकाशित: २५ माघ २०८२ १९:४६ आइतबार





