१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८३ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App