नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज कालिकोटमा जिल्लास्तरीय जागरण सभा आयोजना गरेको छ।
पार्टीले वडा र पालिकास्तरमा कार्यक्रमहरू सम्पन्न गरेपछि जिल्ला सदरमुकाममा सभा आयोजना गरेको हो।
एमालेले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै देशव्यापी रूपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित जागरण अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत कालिकोटमा सभा आयोजना गरिएको हो।
गत भदौमा भएको जेन-जी आन्दोलनपछि राष्ट्रपतिले प्रतिनिधसभा विघटन गरेका थिए। एमालेले यसको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएको छ।
उक्त कदम असंवैधानिक भएको भन्दै एमालेले देशका विभिन्न भागमा विरोध प्रदर्शन तथा सभाहरू गर्दै आएको छ। आजको कार्यक्रम पनि यही राष्ट्रव्यापी अभियानको एक हिस्सा हो।
यस्तो देखियो कालिकोट एमालेको जागरण सभा, सबै तस्बिर: ललित विष्ट/नागरिक







प्रकाशित: २९ कार्तिक २०८२ १५:५५ शनिबार





