२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

माथिल्लो त्रिशूली-१ को सुरुङमा यसरी हुँदैछ खोजी (तस्बिरसहित)

नेपाली सेनाले रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा खोजी जारी राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक भिडियो जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित आयोजनाको सुरुङमा नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको जानकारी दिएको छ।

खोजीका क्रममा उद्धार टोलीले अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवहरूलाई बाहिर निकालेको छ।

टनेल भित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जानकारी दिएको छ।

प्रकाशित: २ आश्विन २०८३ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App