२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वृद्ध भत्ता पाउने उमेर बढाउने हल्लामा कुनै सत्यता छैन: अर्थ मन्त्रालय

बालेन्द्र शाह नेतृत्वको सरकारले वृद्ध भत्ता पाउने उमेर ७० बाट बढाएर ७५ वर्ष पुर्‍याउन लागेको भनी चलेको हल्लाका सम्बन्धमा अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ।

अर्थ मन्त्रालयले शुक्रबार एक महत्त्वपूर्ण सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ। सामाजिक सञ्जाल र अन्य माध्यमहरूमा भत्ता पाउने उमेर बढाइएको भन्दै चर्चा हुन थालेपछि मन्त्रालयले यस्तो जवाफ दिएको हो।

मन्त्रालयले यस विषयमा कुनै पनि तहमा छलफल नभएको बताएको छ। सूचनामा भनिएको छ, ‘वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौँ।’

सूचना हेर्नुस्

Image

प्रकाशित: २१ चैत्र २०८२ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App