ललितपुरको पाटनमा मतयास् पर्व मनाइएको छ। गाईजात्रापछि मनाइने नेवारी पर्वहरूमध्ये मतया एउटा चाड हो।
नेवारी बौद्ध समुदायमा धेरै बौद्ध मन्दिर र स्तूपहरूमा जुलुस निकाल्ने यो पर्व निकै लोकप्रिय छ। यस जात्रामा मृतक परिवारका मानिसहरू बिहानै जात्रामा निस्किन्छन्, दीप प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरी बिहानै जात्राको समापन गरिन्छ।










प्रकाशित: २६ श्रावण २०८२ १२:४९ सोमबार





