१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

छाेराले नै लियाे बाबुकाे ज्यान

नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो।

घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। अभियुक्तलाई  नियन्त्रणमा लिइएको छ।

प्रकाशित: १० मंसिर २०८२ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App