सर्लाही मलङ्गवा कारागारको अवस्था तनावपूर्ण बनेको छ। सदरमुकाम मलंगवास्थित कारागारमा रहेको कैदीबन्दीहरूले जेलको पर्खाल फुटाएर भाग्न खोजेपछि अवस्था तनावपूर्ण बनेको हो।
जेनजी आन्दोलनको मौका छोप्दै बुधबार बिहानै कैदीबन्दीहरूले कारागारभित्र प्रदर्शन गर्दै जेलको पर्खाल भत्काउन लागेपछि नेपाली सेनासहितका सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन सयौं राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए। कैदीबन्दीले कारागारको माथिल्लो तलामा आगोसमेत लगाएर कारागारबाट भाग्न प्रदर्शन र तोडफोड सुरु गर्न थालेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास चलाउनु परेको डिएसपी राइले बताए।
कैदीबन्दीले गरेको आगो निभाउन दमकलको मतदबाट सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएको छ।
कारागारमा ‘विवादित तपस्वी’ राम्बहादुर बम्जनसहित ३०० जनाभन्दा बढी कैदीबन्दी छन्। बम्जनका समर्थकहरूले बाहिरबाट दलबलसहित आएर कारागार बाट कैदीबन्दीहरू भगाउन लागेको स्थानीयको भनाइ छ।
प्रकाशित: २५ भाद्र २०८२ १२:२३ बुधबार





