५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

अब भारी वर्षा हुने सम्भावना कम हुँदै, कोशीका केही जिल्लामा पानी पर्ने सम्भावना कायमै

दुई दिनको भारी वर्षाले देशभरको जनजीवन प्रभावित बन्यो । ठूलो जनधनको क्षति गराउने गरी भएको भारी वर्षापछिको उत्पन्न परिस्थितिमा उद्धार तथा राहतको कार्य जारी छ ।  

विपद्‌का घटनाले देशभरमा ४९ जनाले ज्यान गुमाएका छन् भने २० जनाभन्दा धेरै घाइते छन् । बेपत्ताको संख्या सात छ ।  

मनसुनको सक्रियतासँगैको यो विपत्तिपछि अब भने मौसममा सुधार आएको मौसमविद्ले बताएका छन् । बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले गत असोज १७ गतेदेखि बागमती, मधेस प्रदेशमा भारीदेखि अतिभारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा भएको थियो । यो मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताए ।  

उनले बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको बताए । आजको मनसुन प्रणाली अनुसार पानी पार्ने अवस्था नरहे पनि पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पनि पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुनसक्ने रेग्मीले बताए । मनसुन सुधारिए पनि बहिर्गमनको अन्तिम चरणमा रहेकाले वर्षाको सम्भावना पनि उतिकै रहेको उनले बताए ।  

रेग्मीले हाल जोखिमको सम्भावना नरहेपनि कोशी प्रदेशको एकदुई ठाउँमा मध्यम वर्षासम्म पनि हुन सक्ने बताए । साथै उनले कोशी प्रदेशबाट समेत आज रातिदेखि नै मनसुनी वायुको प्रभाव बाहिरिने अवस्था रहेको बताए ।   

प्रकाशित: १९ आश्विन २०८२ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App