दाउन्ने खण्डको खुर्सानी खोला नजिकै भएको अवरोधमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिएको छ। नारायणगढ-बुटवल सडक आयोजनाका अनुसार अबको केही समयमा दुईतर्फी यातायात सुचारु हुनेछ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएका छन्। चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य वर्षा हुँदा यातायात अवरुद्ध हुने गरेको छ।
प्रकाशित: २५ असार २०८२ १३:४२ बुधबार





