२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कोशीमा ८० प्रतिशत रोपाइँ सकियो

फाइल तस्बिर

कोशी प्रदेशमा ८० प्रतिशत रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय, विराटनगरको तथ्यांकअनुसार साउन ११ गतेसम्म प्रदेशभर ८०.३९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।  

प्रदेशका उच्च पहाडी जिल्लामध्ये सोलुखुम्बुमा ८९ प्रतिशत रोपाइँ सकिएको छ। ताप्लेजुङमा ६१.७९ र सङ्खुवासभामा ७० प्रतिशत रोपाइँ सकिएको छ। मध्य पहाडका ८ वटा जिल्लामध्ये ओखलढुंगामा सबैभन्दा बढी ९१.८७ प्रतिशत रोपाइँ सकिएको छ। यस्तै खोटाङमा ८८.५८, पाँचथरमा ७९, भोजपुरमा ७६, इलाममा ७४, उदयपुरमा ६९.८७, धनकुटामा ६१ र तेह्रथुममा ५६ प्रतिशत मात्रै रोपाइँ भएको छ। तराईका जिल्लामध्ये मोरङमा ८५, सुनसरीमा ८४ र झापामा ६१.६० प्रतिशत रोपाइँ सकिएको छ। 

गत वर्ष साउन ११ गतेसम्म ८६.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यो वर्ष ६ प्रतिशतले रोपाइँ कम भएको छ। कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म २ लाख २२ हजार १ सय ९२.५४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा रोपाइँ गर्ने सिजन लगभग सकिएको छ भने तराईका जिल्लामा वर्षा भएको खण्डमा मध्य साउनसम्म पनि रोपाइँ हुने गरेको छ। 

जुट लगाएको स्थानमा भने भदौसम्म पनि रोपाइँ गर्ने गरिएको छ।

प्रकाशित: ११ श्रावण २०८२ २०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App