५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

युवा र अर्थतन्त्रको सङ्कटले मुलुक ‘मास डिप्रेसन’को खतरा !

युवाको बढ्दो विदेश पलायन र देशमा बढ्दो अर्थतन्त्र संकटले नेपालमा मास डिप्रेसनको खतरा रहेकोमा चिन्ता गरिएको छ ।  

मंगलबार काठमाडौंमा आफ्ना अनुभव सुनाउँदै पत्रकार, युरोपेली महिला व्यवसायी एवं राजनीतिज्ञ मधु कार्कीले नेपालले देशको पछिल्लो घटनाक्रमले ‘मास डिप्रेसन’को खतरा बढेको बताइन् ।  

नेपालको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था नाजुक मोडमा पुगेको बताउँदै युवामा मास डिप्रेसनको खतरा बढिरहेको दावी गरिन् । पछिल्लो समय राजनीतिक भागबन्डाले राष्ट्रिय हित र सामाजिक स्वास्थ्यलाई कमजोर बनाएको र ‘पेन्डुलम बेरोजगारी’ले आर्थिक कठिनाइ, राजनीतिक अनिश्चितता र कूटनीतिक अस्पष्टता रहेको भन्दै  निर्णय क्षमता र बढ्दो राष्ट्रिय परनिर्भरताले विकासको गति अवरुद्ध भएको बताइन् ।        

कार्कीले नेपाली राजनीतिमा दीर्घकालीन योजना,  स्पष्ट नीति र भिजनभन्दा भागबन्डा केन्द्रित बनेको भन्दै राजनीतिक संस्कृति र चेतना हुन आवश्यक रहेको बताएकी छिन् ।  

उनले ग्लोबल ट्रेड नीति र आर्थिक आत्मनिर्भरता समाधान गर्न युवा सम्भावना संरक्षण ऐन, युवा गतिशीलता, क्षमता र रोजगारीका लागि राज्यको उत्कृष्ट व्यवस्था र प्रत्यक्ष लगानी, राष्ट्रिय मानसिक स्वास्थ्य अभियान, ​दीर्घकालीन गैर दलगत आर्थिक नीति, लगायत विदेश नीति पुनर्सन्तुलन स्वतन्त्र, सन्तुलित र उच्च प्राथमिकतामा आधारित विदेश नीति हुनुपर्ने बताएकी छन्।

प्रकाशित: १६ मंसिर २०८२ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App