भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका छन्।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् भने बाँकी १५ जनाको अवस्था अझै अज्ञात रहेको छ।
सम्पर्कविहीन कर्मचारीहरूमा नहकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का रहेका छन्।
विभागका अनुसार सम्पर्कमा आएका २५ जनामध्ये दुई जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य ११ जना काठमाडौं आइपुगेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
बाढी प्रभावित कर्मचारी तथा उनीहरूका परिवारलाई उद्धार, सूचना आदान–प्रदान र आवश्यक सहजीकरणका लागि भन्सार विभागले सम्पर्क अधिकृतहरू पनि खटाएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १२:२० बिहीबार


-600x400.jpg)


