नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४०औं वार्षिकोत्सवको अवसरमा श्रावण १५ गते देशैभर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
४०औं वार्षिकोत्सव समारोह मूल प्रबन्ध समिति अन्तर्गतको प्रचार प्रसार उपसमितिको संयोजनमा भक्तपुर स्थित तालिम केन्द्र परिसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री श्री खम बहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा करिब एक सय विभिन्न प्रजातिका फलफूलका बोट बिरुवा रोपिएका छन्।
देशभरिका प्राधिकरणका कार्यालयहरूले आ आफ्ना क्षेत्रमा गरी १० हजार भन्दा बढी वृक्षारोपण गरेका छन्।
प्राधिकरणले विद्युतका विभिन्न संरचनाहरू निर्माण गर्ने क्रममा रुखहरू कटान हुने गर्दा पर्यावरण र विकासलाई सन्तुलित रुपमा लैजानका लागि हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर साउनको १५ गते वृक्षारोपण गरिँदै आएको प्राधिकरणले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०८२ १३:१६ शुक्रबार





