४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

थामे खोला बस्ती पस्यो, ५ घर बगायो, ६ घरमा क्षति, आवश्यक सतर्कता अपनाउन अपिल

फाइल तस्बिर

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अविरल वर्षाले जनजीवन प्रभावित भएको छ ।  

लगातार पानी परेपछि यस क्षेत्र भएर बग्ने थामे खोला मोडिएर बस्ती पसेको छ ।  

खोला नै बस्तीमा पस्दा खुम्बु पासाङल्हामु गाउँपालिका-५ का पाँच घर बगाएको छ । ६ घरमा आशिंक क्षति पुगेको छ ।  

बिजुलीका  पोल ढलेका छन् । विद्युत र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।  

यो विपद्का बेला आवश्यक खोज, उद्धारसहितका मानवीय सहायतामा जुट्न पालिकाले आह्वान गरेको छ ।  

खोला बस्तीमा पस्दा बस्ती क्षेत्र तथा नदी तटीय क्षेत्रमा बढी असर गर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अपील गरिएको छ । 

प्रकाशित: १६ भाद्र २०८२ २१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App