५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि भरतपुरमा तनाव

चितवनको भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा अक्सफोर्ड कलेजको बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका कार्यसमिति सदस्य गोपाल दराईका अनुसार बिहीबार अपराह्न भएको दुर्घटनामा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो। मृतकको परिचय खुल्न बाँकी रहेको छ ।  

उनका अनुसार दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको आरोप लगाउँदै स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

आक्रोशित स्थानीयले दुर्घटनामा संलग्न बसमा तोडफोड समेत गरेका छन्। घटनास्थलको अवस्था केही समय तनावग्रस्त बनेको बताइएको छ।

जिल्ला प्रहरीकार्यालयले चितवनले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अहिले त्यहाँको अवस्थालाई सामन्य बनाउन प्रहरी तैनाथ गरिएको छ। अहिले चालकले मादक पदार्थ सेवन गरेको विषयमा परीक्षण तथा अनुसन्धानपछि मात्र यथार्थ खुल्ने प्रहरीको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: २१ जेष्ठ २०८३ १८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App