बर्दियाको मधुवन नगरपालिका-७, शुक्रबस्ती नजिक रहेको एउटा तालमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
शनिबार दिउँसो करिब २:२५ बजे स्थानीयबाट प्राप्त जानकारीअनुसार मधुवन नगरपालिका-७ निवासी करिब १४/१५ वर्षीय सिदान्त विक तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
खोजी कार्य गर्न सशस्त्र प्रहरी बल नेपालको बीओपी शुक्रबस्तीबाट सशस्त्र प्रहरी निरीक्षक कमलेश प्रसाद भट्टको कमाण्डमा ७ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण मुख्यालय, बर्दियाबाट सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक चुनुवा थारुको कमाण्डमा ९ सदस्यीय विपद् टोली घटनास्थलमा परिचालन गरिएको छ।
सुरक्षा निकायले बेपत्ता किशोरको खोजी कार्य जारी रहेको जनाएको छ। सिमावर्ती क्षेत्रमा घटना भएको र खोजी कार्य भइरहेको सशस्त्रका एसपी दिनेश महतले बताए।
प्रकाशित: २० असार २०८३ १८:३१ शनिबार





