२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

खुलालु पुलबाट हाम फालेकी किशोरी बेपत्ता

खुलालु नदीको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन्। मंगलबार बेलुका ७ बजे नरहरिनाथ गाउँपालिका ७ उत्सवकी १४ वर्षीया किशोरी सिर्जना बटलाले पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार हाम फालेकी किशोरीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन्।  

उनी नरहरिनाथ गाउँपालिका ७ उत्सवका अनिपाल बटालाकी छोरी हुन्। बटालाको खुलालु बजारमा कपडा पसल समेत गर्दै आएको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए। अन्य कुराको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित: २९ आश्विन २०८२ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App