कपिलस्तुको यशोधरा गाउपालिका-१ तिर्तिखामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका- ६ सिसवाका महेन्द्र कहारको छोरी १४ वर्षीया किरण कहारको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृतक किशोरी बिगत ६ वर्षदेखि तिर्तिखामा काका कृष्ण गोपालको घरमा बस्दै आएकी थिईन ।
किशोरीको शव पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले पोखरीबाट शव निकालेर पोस्टमर्टमकालागि कपिलवस्तु पठाएको थियो । पोखरीको डिलका किशोरीले प्रयोग गर्ने मोबाईल र कपालमा लगाउने काटासमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । घटनको अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
प्रकाशित: २४ आश्विन २०८२ २०:३१ शुक्रबार


-600x400.jpg)


