२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

धनगढीमा निजामती कर्मचारीको तिज उत्सव

धनगढीमा कार्यरत निजामती कर्मचारीहरूले हरितालिका तिजका अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको छन्। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलाली, सुदूरपश्चिम प्रदेश विभागीय कार्य समिति र सुदूरपश्चिम प्रदेश कार्यसमितिले तिज उत्सव कार्यक्रम आयोजना गरेका हुन्। 

युनियन जिल्ला कार्य समिति कैलाली उपाध्यक्ष मिरा पौडेलको अध्यक्षतामा भएको तिज उत्सवमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेका थिइन्। राज्यमन्त्री खड्काले महिलाले समयानुसार कार्यदक्षता बढाउन आग्रह गरिन्। उनले भनिन्,‘अहिलेको समयमा आफूलाई परिवर्तन गर्दै कार्य क्षमता वृद्धि गर्न जरुरी रहेको छ, त्यसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नेछ ।’ 

कार्यक्रममा युनियन सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष धर्मबहादुर देउवा, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य यशोदा भण्डारी, निशा आउजी, नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद सत्याल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्यहरू त्रैलोक्य जोशी, अमृता रावल, नेपाल निजामती कर्मचारी युनियन कैलाली अध्यक्ष निर्मल कुमार देउवा, नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुर अध्यक्ष गणेश सिंह, नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश विभागीय अध्यक्ष जयराज ओझालगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कैलालीका नेपाल निजामती कर्मचारी युनियनआवद्ध महिला कर्मचारीहरूले नाचगान समेत गरेका थिए।

प्रकाशित: ७ भाद्र २०८२ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App