२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ।

रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ। 

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो।

उनले भने, ‘अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ।’

चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरा सहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उनले जानकारी दिए।

सूचना अधिकारी मगरका अनुसार बिगतमा हुने गरेका नियमित गस्ति सहित स्विपिङ्, पट्रोलीङ्, साईकल गस्ति, मोटरसाईकल गस्ति, बोट, गाडी र हात्तीबाट गस्ति गरिने छ।

चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी सम्बेदनशील मानिने गरिन्छ।

सम्वेदनशील क्षेत्रहरुमा ‘लिङ्क पट्रोलीङ्’ लगायतका कामहरु भईरहेको छ। चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाईएको छ।

निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ। यसलाई अझै चुस्त वनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ।

शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ।

आवश्यकता अनुसार अन्य सुरक्षा निकाय संग समेत समन्वय गरेर निकुञ्ज क्षेत्रमा रहेका बस्तिहरुमा समेत तदारुपता वढाइएको उनले जानकारी दिए। 

प्रकाशित: २ कार्तिक २०८३ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App