विनाशकारी रसुवा बाढीपीडितको खोजी, उद्धार तथा राहतका लागि उदयपुरको ताप्ली गाउँपालिकाले १९ लाख ४० हजार ८ सय २६ रुपैयाँ सहयोग गर्ने भएको छ।
बुधबार बसेको गाउँकार्यपालिका बैठकले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक–कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले जानकारी दिए।
उनका अनुसार जनप्रतिनिधिबाट १ लाख ६५ हजार ५ सय, कर्मचारीबाट ५ लाख ६६ हजार ३ सय ६० तथा शिक्षक–कर्मचारीबाट ७ लाख ८ हजार ९ सय ६७ रुपैयाँ संकलन भएको छ।
यसअघि उदयपुरका त्रियुगा नगरपालिकाले १६ लाख, रौतामाई गाउँपालिकाले ५ लाख र बेलका नगरपालिकाले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेका छन्।
कटारी, चौदण्डीगढी, लिमचुङबुङ र उदयपुरगढी नगरपालिकाले भने कार्यपालिका बैठकमार्फत सहयोग रकम तय गर्ने तयारी गरेका छन्। कटारीमा बाढीपहिरोमा परी पाँच जना प्रभावित भएकामा एक जना सम्पर्कमा आए पनि चार जना अझै सम्पर्कविहीन रहेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।
प्रकाशित: १७ भाद्र २०८३ २०:५१ बुधबार


-600x400.jpg)


