१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

लङ रुट पट्रोल पूरा गरी फर्कियो ताप्लेजुङ प्रहरीको टोली

ताप्लेजुङका प्रहरी प्रमुखको ‘कमाण्डमा’ ९ जनाको प्रहरी टोलीले उत्तरी ताप्लेजुङको सीमावर्ती बस्तिहरुमा पुगी लामो दूरीको गस्ती (लङ रुट पट्रोल)कार्य पूरा गरेको छ ।  

जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमको नेतृत्वमा सुसज्ज्ति हतियार र हतकडी सहित गस्तीमा निस्किएको टोलीले उत्तरी क्षेत्रका घुन्सा, खम्बाछेन, लोनाक, उत्तरी कञ्चनजंघा आधार शिविरसम्मको गस्ती पूरा गरेको हो ।  

डिएसपी गौतमका अनुसार वर्तमान सुरक्षा चुनौती, बिदेशी पर्यटकको निगारानी, हिमाली जडिबुटी तथा वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण, अन्तराष्ट्रिय सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिको निगारानी तथा प्रहरी सेवा प्रवाहबारे अति दुर्गम क्षेत्रका नागरिकलाई जानकारी गराउने उद्देश्यसहित एलआरपी कार्य पूरा गरिएको हो ।  

प्रहरी टोलीले आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन लक्षित सुरक्षा चुनौती बारे फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)सहितका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेको डिएसपी गौतमले जानकारी दिए । यही क्रममा फक्ताङलुङ गाउँपालिकाले पालिकाको दुर्गम क्षेत्रका नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता समेत वितरण गरेको गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिए ।  

प्रकाशित: १७ मंसिर २०८२ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App