१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तनहुँका सामुदायिक वनले कमाए ८ करोड

तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन्। आर्थिक वर्ष २०८१÷८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन्। 

सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलव ४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार त्यस अवधिमा ४० हजार तीन सय ३१ दशमलव ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलव ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलव ८६ अन्य वन पैदावर बिक्री भएको छ। त्यस्तै सोही अवधिमा ५० दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ।

जिल्लाका कुल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगटेको छ। जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ४८५ वटा कबुलियती वन रहेको छ।

वन पैदावर बिक्रीमार्फत रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ। निजी आवादीतर्फ ५१ हजार चार सय ५४ दशमलव ७५ क्युफिट वन पैदावर बिक्री भएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार तीन सय २४ दशमलव ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलव ६७ क्युफिट अन्य, ८६ दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ। रासस

प्रकाशित: १० कार्तिक २०८२ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App