५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सुनकोशी नदीमा तीन दिनदेखि बेपत्ता तामाङ अझै फेला परेनन्

उदयपुर र खोटाङबिचको सुनकोशी नदीमा तीन दिनअघि बेपत्ता भएका एक पुरुष अझै फेला परेका छैनन्। गत ३ गते विहान ११ः०० बजेा नुहाउन भनेर नदीमा गएका सिन्धुपाल्चोकका ५२ वर्षीय टीकाराम तामाङ बेपत्ता भएकोमा अझै फेला नपरेको प्रहरीले जनाएको छ।  

तामाङको खोजीमा खोटाङ र उदयपुर दुवै जिल्लाका प्रहरी सुरक्षाकर्मी परिचालन गरे पनि अहिलेसम्म पत्ता नलागेको खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए। उनका अनुसार तामाङ दुई जिल्ला जोड्न नदीमा निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने कामदार हुन्।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ३ बिमिरे र खोटाङतर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ टुवाखोलाबीच निर्माणाधीन झोलुङ्गे पुलका कामदार तामाङ नुहाउन जान्छु भनेर हिँडेकोमा अबेरसम्म नफर्केको भन्दै प्रहरीमा खबर गरेका थिए। नुहाउन जाने ठाउँ वरपर कतै नदेखिएपछि उनलाई पानीले बगाएको अनुमान गरी खोजी कार्य जारी छ।  

डिएसपी बुढाथोकीका अनुसार तामाङ बेपत्ता भएको खवर पाएलगत्तै दिप्रुङ चुईचुम्मा ४ भँडारेघाटस्थित अस्थायी प्रहरी चौकीबाट टोली खटेर उनको खोजी कार्य थालिएको थियो। त्यसपछि सदरमुकामबाट थप जनशक्ति खटाएर नदीको तलतलसम्म खोजी गर्ने काम भईरहेको छ। उदयपुरका प्रहरी पनि उनको खोजीमा परिचालन गरिए पनि अहिलेसम्म कतै पत्ता नलागेको प्रहरी भनाइ छ।

प्रकाशित: ५ फाल्गुन २०८२ २०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App