१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु

उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ।

उखुको उचित मूल्य निर्धारण र किसानले समयमै भुक्तानी पाउने व्यवस्था सुनिश्चित गर्न किसान प्रतिनिधि र चिनी उद्योगीबीच छलफल अघि बढेको हो।

उखुको मूल्य समयमै निर्धारण हुन नसक्दा अन्योलमा परेका उखु किसानहरू आफ्ना मागसहित राजधानी काठमाडौं आइपुगेका छन्। उनीहरूले उखुको उत्पादन लागत, श्रम, मलखाद, सिँचाइ तथा ढुवानी खर्चलाई आधार मानेर किसानलाई न्यायोचित मूल्य उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जारी वार्तामा उखु किसानका प्रतिनिधि, चिनी उद्योगी तथा सम्बन्धित सरकारी अधिकारीहरू सहभागी छन्। छलफलमा चालु क्रसिङ सिजनका लागि उखुको खरिद मूल्य निर्धारण, किसानले पाउनुपर्ने भुक्तानी र उखु खेतीलाई दिगो बनाउने विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App