स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।
प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा उनी आज बिहान १०ः१५ बजे कतार एयरवेजको उडानमार्फत नेपाल आइपुगेकी हुन्।
नेपाल आगमनका क्रममा उनलाई संसदीय मैत्री समूहकी संयोजक माननीय खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकाी थिइन्।
नेपाल भ्रमणका क्रममा उनले आजै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्याल तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: १६ कार्तिक २०८३ १२:३६ सोमबार


-600x400.jpg)


