११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

मर्स्याङ्दी नदी बस्तीमा पसेपछि तालगाउँ जोखिममा

लगातारको वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पसेपछि मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। 

मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ पसेपछि तालगाउँ चारैतिरबाट नदीले घेरिएको अवस्थामा पुगेको छ। बाढीका कारण गाउँको आवागमन पूर्ण रूपमा ठप्प भएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताएका छन्। 

गुरुङका अनुसार तालगाउँका करिब ७० देखि ७४ घरधुरी जोखिममा छन्। ‘बिहान करिब पाँच–छ घरधुरी डुबानमा परेका थिए। बाढीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। घरहरूमा डुबानको समस्या भए पनि ठूलो क्षति वा पूर्ण रूपमा घर भत्किएको अवस्था छैन। ’ उनले भने। 

बाढीका कारण चामे क्षेत्रमा काठको पुल तथा झोलुङ्गे पुल बगाउनुको साथै धारापानी र खोत्रुबीच दुई स्थानमा सडक भत्किएपछि आवतजावत प्रभावित भएको बताए ।  त्यसैगरी चामे र नासोँतर्फ जाने बाटोसमेत विभिन्न स्थानमा अवरुद्ध भएको उनको भनाइ छ। 

उक्त स्थानमा बाढी र पहिरोका कारण विद्युत् तथा सञ्चार सेवा पनि अवरुद्ध भएको कारण सञ्चार सम्पर्क कठिन बनेको उनले बताए। 

प्रकाशित: ११ आश्विन २०८३ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App