१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लगाएर माछा मार्ने क्रममा ताजपुरियाको मृत्यु

माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो।

आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेपछि पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्।

प्रकाशित: ६ मंसिर २०८२ १७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App