२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

तस्बिर : क्रिश काफ्ले

कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ।

कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताए।

स्थानीयवासीले उक्त वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए। हाल प्रहरीले उक्त स्थानलाई शिलबन्दी गरेको छ भने राजमार्गको अर्को छेउबाट सुरक्षित रूपमा सवारीसाधन तथा यात्रीहरूको आवागमन भइरहेको प्रजिअ गेलालले जानकारी दिए।

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ। शङ्कास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। रासस

प्रकाशित: १९ पुस २०८२ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App