२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

९ लाख घुस लिँदै गर्दा नापी अधिकृत रंगेहात समातिए

छूट जग्गा दर्ता सिफारिसको मिसिल पठाइदिन सेवाग्राहीसँग नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी अधिकृत डिल्लीबहादुर वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीविरुद्ध बिहीबार विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचार मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छूट जग्गा दर्ताको सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु पठाउन सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र सास्ती दिँदै घुस मागिरहेको उजुरी परेको थियो।

सूचना र उजुरीका आधारमा आयोगको टङ्गाल कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई टोखा नगरपालिका वडा नं-५, बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट सेवाग्राहीसँग घुसबापतको नौ लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

घूस रकमसहित रङ्गेहात समातिएका वलीमाथि विशेष अदालतको आदेशानुसार हिरासतमा राखी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App