४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

प्रदेश राजधानीमै अन्धविश्वासको कहर: बोक्सीको आरोपमा महिलामाथि कुटपिट

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–१२ मा अन्धविश्वासका कारण एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा यातना दिएको घटनामा सार्वजनिक भएको छ । पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको हो ।  

वीरेन्द्रनगर–१२ मा बस्दै आएकी मनकला (नाम परिवर्तन) लाई बोक्सी भन्दै गालीगलौज, कुटपिट र अमानवीय व्यवहार गरिएको उजुरीका आधारमा सोही स्थानमा बसोबास गर्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरालाई नियन्त्रणमा लिइएर कानुनी कार्वाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधिरराज शाहीले जानकारी दिए ।  

पीडितले आफूमाथि निरन्तर दुव्र्यवहार, हिंसा र यातना भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गरेकी थिईन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूको स्थायी ठेगाना जुम्लाको तिला गाउँपालिका–२ रहेको छ ।  

आरोपीहरूले मनकलालाई  बोक्सी भन्दै अपमानजनक शब्द प्रयोग गर्नुका साथै आफैँ धामी–झाँक्री बनेर चामलले हानेका र तातो पन्यू प्रयोग गरी शरीरका विभिन्न भागमा डामेका थिए । दिनहुँको अपमान र यातनापछि न्यायको लागि पीडित प्रहरीसमक्ष पुगेको जनाईएको छ ।

पक्राउ गरेकाहरुलाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप लिई बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित: ७ पुस २०८२ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App