२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

राष्ट्रिय बाल दिवसका लागि नारा र कार्यक्रमको सुझाव माग

राष्ट्रिय बाल अधिकार परिषद्ले राष्ट्रिय बाल दिवस २०८३ का लागि राष्ट्रिय नारा तथा कार्यक्रमसम्बन्धी सुझाव पेस गर्न सम्बन्धित सबै सरोकारवाला निकाय, संघसंस्था, व्यक्ति तथा बालबालिकालाई आग्रह गरेको छ।

परिषद्ले भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसका अवसरमा बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि उपयुक्त हुने राष्ट्रिय नारा र कार्यक्रमसम्बन्धी सुझाव आगामी भदौ ५ गतेभित्र परिषद्को इमेल [contact@ncrc.gov.np](mailto:contact@ncrc.gov.np) मा पठाउन अनुरोध गरेको हो।

परिषद्का अनुसार राष्ट्रिय बाल दिवस २०८३ को नारा निर्धारण तथा कार्यक्रम तर्जुमा गर्दा विशेषगरी बालबालिकाबाट प्राप्त सुझावलाई प्राथमिकता दिइनेछ।

राष्ट्रिय बाल अधिकार परिषद्ले सोमबार जारी गरेको सूचनामा बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा उनीहरूको सहभागितालाई केन्द्रमा राखेर दिवसका कार्यक्रम तय गरिने जनाएको छ।

यस वर्ष परिषद्ले 'बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी' भन्ने सन्देशलाई अघि सारेको छ।

परिषद्ले राष्ट्रिय बाल दिवसलाई बाल अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने तथा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्न सरोकारवालालाई आग्रह गरेको छ।

प्रकाशित: २ भाद्र २०८३ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App