१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बङ्गलादेशी स्टाफ कलेजका शिक्षार्थीले गरे जङ्गी अड्डा भ्रमण

बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिस कमाण्ड र स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थीले भद्रकालीस्थित जङ्गी अड्डाको भ्रमण गरेका छन्।

डिफेन्स सर्भिस कमाण्ड र स्टाफ कोर्षमा सहभागी ५२ सदस्यीय टोली नेपाल आएको हो। भदौ २१ गते नेपाल प्रवेश गरेको टोलीले जङ्गी अड्डा पुगेर नेपाली सेनाबारे जानकारी लिएको थियो । टोलीलाई नेपाली सेनाको संगठनात्मक संरचना, दायित्व तथा पछिल्ला गतिविधिबारे जानकारी दिइएको नेपाली सेनाले जनाएको छ।

नेपालमा सात दिने अध्ययन भ्रमणमा आएको टोलीले काठमाडौंका ऐतिहासिक एवं सांस्कृतिक महत्व भएका स्थलहरू तथा अन्य पर्यटकीय गन्तव्यको समेत अवलोकन गर्ने कार्यक्रम छ।

प्रकाशित: २२ भाद्र २०८२ १८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App