४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

हुरीले १३ लाख बराबरको केराखेतीमा क्षति

हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो।

यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पु-याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिए।

‘यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौं। त्यसमध्ये तीन बिघाको केराखेती पूर्ण रुपमा नष्ट भएको छ। बाँकीमा आंशिक क्षति पुगेको छ’, उनले भने।

यहाँ जयप्रसाद पडाडी, युवराज पहाडी र रामकुमार घिमिरेले संयुक्त रुपमा चार वर्षअघि भित्रीमधेस बहुद्देश्यीय कृषि फार्ममार्फत व्यावसायिक केराखेती सुरु गरेका थिए।

तीन दिनअघिको हुरीले उक्त खेतीमा १३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उक्त फार्मले गत वर्ष ४३ लाख बराबरको केरा बिक्री गरेको थियो।

कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लामा ३६४ हेक्टरमा व्यावसायिक केराखेती हुँदै आएको छ। व्यावसायिक केराखेती भएको अधिकांश क्षेत्रमा आंशिक क्षति पुगेको किसान बताउँछन्।

प्रकाशित: ४ चैत्र २०८२ २०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App