२ असार २०८३ मंगलबार
image/svg+xml
समाज

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराईको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा उनी गुडिरहेको गाडीको झ्यालबाट ज्यान बाहिर निकालेर मस्ती गरिरहेको देखिन्छ। ५ मार्चमा इन्स्टाग्राममा अपलोड गरिएको उक्त भिडिओ अहिले भाइरल भइरहेको हो। अंग्रेजी गीत राखिएको उक्त भिडिओको क्याप्सनमा उनले लेखेकी छिन्, ‘निर्दोषता फेरि फुलोस, जसलाई कसैले कुचल्न नसकोस्। र, न्याय यस्तो बलियो बनोस् कि कहिल्यै फेरि मानवताले हार नमानोस्।’

उक्त भिडिओका कारण उनी ट्राफिक कारबाहीमा पर्न सक्ने सम्भावना छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्राफिक नियम उल्लंघन भएको भन्दै उनलाई कारबाही गर्न माग गरिरहेका छन्। उनीहरूले कमेन्टमा नेपाल प्रहरीलाई मेन्सन गर्दै कारबाही हुनुपर्ने बताएका छन्।

यसअघि, ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही गरेको थियो। नियम, कानुन बनाउने सांसद आफैँले कानुन मिचेको भन्दै कारबाही गर्न सामाजिक सञ्जालमा नेपाल प्रहरीलाई मेन्सन गरेपछि हर्कलाई जरिवाना गरिएको थियो।

प्रकाशित: २ असार २०८३ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App