१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

मनोहरा खोला किनारका सुकुम्बासी बस्ती हटाइँदै

सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा बनाएका अनधिकृत संरचना र बस्ती हटाउने कामलाई आज (आइतबार) पनि निरन्तरता दिएको छ। शनिबार हटाउन बाँकी रहेका क्षेत्रमा बस्ती हटाउने भएको हो।

काठमाडौंको थापाथली तथा गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउने काम सकिएको छ। त्यस्तै शनिबार बेलुका भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा बस्तीमा रहेका केहीले ढुङ्गामुढा गरेपछि काम रोकिएको थियो।

त्यस क्रममा २२ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन्। ढुंगामुढाबाट घाइते भएका सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारैतिरबाट ढुंगामुढा प्रहार हुन थालेपछि सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको टोलीले भवन भत्काउने कार्य रोकेर शनिबारका लागि अभियान स्थगित गरेको थियो।

घर टहरा हटाउन सुरु गर्नुअघि नै मनोहरा बस्तीमा रहेका झण्डै ८० प्रतिशत नागरिकले दिउँसो नै सरसामान अन्तै लगिसकेका थिए।

प्रकाशित: १३ वैशाख २०८३ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App